‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न « Khabarhub

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा एक सय किलोमिटर लामो ‘चौथो कोरा भक्तपुर साइक्लिङ च्यालेञ्ज–२०२४’ सम्पन्न भएको छ ।

साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘चौथो कोरा भक्तपुर साइक्लिङ च्यालेञ्ज–२०२४’ बिहान ६ बजे भक्तपुरको दूधपाटीस्थित नपुखु ९पोखरी० बाट सुरु भएको यात्रा साँझ नपुखु (पोखरी) मै आएर समापन भएको थियो ।

साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले कोरा भक्तपुर साइक्लिङ च्यालेञ्जले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउने बताए । यात्रामा स्वदेशी तथा विदेशी नागरिकगरी एक हजार तीन सय यात्रीको सहभागिता थियो ।

भक्तपुर तथा काभ्रेपलाञ्चोकलाई छुदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरी यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै दुई हजार १०० मिटर उचाइसम्म १०० किलोमिटरको यात्रा एकैदिनमा सकिएको थियो ।

साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँथिमि, बहाखा बजार, बोडे, निलबाराही, बेंसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भङ्गाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि र सल्लाघारीहुँदै पुनः नपुखु आइपुगेको थियो ।

कार्यक्रममा साइकलबाट २५, ५०, ७५ र एक सय गरी चार वटा रुटमा यात्रा गर्नेमा १०० जनाभन्दा बढी महिला सहभागी रहेको बालाले जानकारी दिए । उनले यो पटकको कोरा भक्तपुरमा सहभागीको सङ्ख्याले ऐतिहासिक ‘रेकर्ड’ कायम गरेको छ ।

सन् २०११ देखि काठमाडौँबाट सुरू भएको कोरा साइक्लिङ च्यालेञ्ज नेपालको २० भन्दा धेरै सहर र नेपालबाहेक सिङ्गापुर, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारतलगायत देशमा पनि हुने गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : ४४ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक