भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने « Khabarhub

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

भुटानपछि दोस्रो, ८० करोड बढायो


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ हो ।

यो अनुदान त्यहाँको चालु आर्थिक वर्षमा उपलब्ध गराइएको भन्दा ५० करोड भारु (८० करोड रुपैयाँ) ले बढी हो । नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सहायताबारे जानकारी दिइन्‌ ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई अनुदानबापत ५५० करोड रुपैयाँ छुट्याएको थियो । बजेट संशोधन क्रममा वित्तमन्त्री निर्मलाले एक अर्ब रुपैयाँ थपेकी थिइन्‌ । अघिल्लो आर्थिक वर्ष २०२२-२३ मा भारतले बजेटमार्फत नेपालका लागि ४ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुदान घोषणा गरेको थियो ।

भारतले पाकिस्तान बाहेक सीमा स्थल तथा जल सीमा जोडिएका छिमेकीहरूलाई वर्षेनी बजेटमा अनुदान छुट्याउने गरेको छ । आफ्नै सुरक्षा छाताभित्र रहेको भुटानलाई भारतले अन्य छिमेकीलाई भन्दा बढी अनुदान दिने गर्छ ।

यो पटक पनि भारतीय अनुदान पाउने छिमेकीको सूचीमा भुटान नै अगाडि छ । दिल्लीले यसपटक थिम्पुलाई २० अर्ब ६८ करोड ५६ लाख रुपैयाँ अनुदान घोषणा गरेको छ । भुटानपछि धेरै अनुदान नेपालले पाएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : १३ बजे

कार्यदलको प्रतिवेदनले ओलीलाई तनाव, भने- यो मलाई चाहिँदैन, पढ्नु पनि छैन’

काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको