युक्रेन युद्ध र इरान तनावबारे छलफल गर्न जी–७ विदेशमन्त्रीको बैठक पेरिसमा « Khabarhub

युक्रेन युद्ध र इरान तनावबारे छलफल गर्न जी–७ विदेशमन्त्रीको बैठक पेरिसमा


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस–  युक्रेन युद्ध अन्त्यका लागि समाधान खोज्ने र इरानमाथि सम्भावित थप सैन्य आक्रमण रोक्ने कूटनीतिक प्रयास अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि फ्रान्सको पेरिसमा दुईदिने बैठकमा सहभागी हुँदैछन् ।

बैठकमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाका विदेशमन्त्री सहभागी हुनेछन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि बैठकका दुवै दिन उपस्थित हुनेछन् ।

बैठकको प्रमुख एजेन्डामा युक्रेन युद्ध अन्त्यका लागि अमेरिका, रुस र युक्रेनबीच मङ्गलबार र बुधबार अबुधाबीमा हुने वार्तामा युरोपेली राष्ट्रहरूको भूमिका सुनिश्चित गर्ने विषय रहनेछ ।

फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटले अबुधाबी वार्तामा युरोपेली राष्ट्रहरूको प्रतिनिधित्व हुने र फ्रान्स पनि सहभागी हुने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युरोपलाई समेत समेटेर बृहत् सम्झौता गर्न सकिने सङ्केत गरेपछि युक्रेनलाई प्रतिकूल सर्त स्वीकार गर्न दबाब पर्ने हो कि भन्ने चिन्ता युरोपेली राष्ट्रहरूमा देखिएको छ ।

त्यस्तै, इरानमाथि थप सैन्य आक्रमण हुन सक्ने सम्भावना र मध्यपूर्वको बढ्दो तनावबारे पनि बैठकमा छलफल हुनेछ । हर्मुज जलघाँटीबाट हुने ऊर्जा ढुवानीलाई सामान्य अवस्थामा फर्काउने विषय पनि प्राथमिकतामा रहनेछ । राष्ट्रपति ट्रम्पले शुक्रबार इरान सम्झौता गर्न निकै इच्छुक रहेको बताएका थिए ।

बैठककै अवसरमा फ्रान्सले चेर्नोबिल आणविक केन्द्रको क्षतिग्रस्त सुरक्षा संरचना मर्मतका लागि दाता सम्मेलनसमेत आयोजना गर्नेछ । मर्मतका लागि करिब ५० करोड युरो आवश्यक पर्नेमा हालसम्म आधाभन्दा केही बढी रकम मात्रै जुटेको छ । सन् २०२७ को वसन्तसम्म आवश्यक रकम सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच, फ्रान्सले मार्सेमा लागूऔषध तस्करी नियन्त्रणका लागि १४ अन्तर्राष्ट्रिय बन्दरगाहको सञ्जाल स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ ।

अमेरिकी विदेशमन्त्री रुबियोले भने मध्यावधि निर्वाचनमा ट्रम्प र रिपब्लिकन पार्टीले व्यहोरेको पराजयबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरेका छन् । अमेरिकामा शक्ति विभाजन हुनु असामान्य विषय नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  १ : ५२ बजे

तस्बिरमा हेर्नुहोस्, पोखराको ब्याटिङ र कर्णालीको बलिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र

युक्रेन युद्ध र इरान तनावबारे छलफल गर्न जी–७ विदेशमन्त्रीको बैठक पेरिसमा

पेरिस–  युक्रेन युद्ध अन्त्यका लागि समाधान खोज्ने र इरानमाथि सम्भावित

गौसंरक्षणमा गाईको पूजा (तस्बिरहरू)

तनहुँ– सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन्

एनपीएलमा युवराज सम्राको शतक, पोखरा एभेन्जर्स बलियो स्थितिमा

काठमाडौं– पोखरा एभेन्जर्सका ब्याटर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले