राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन आवश्यक : शेखर कोइराला « Khabarhub

राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन आवश्यक : शेखर कोइराला


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।

प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको संविधान संशोधनः प्रेस स्वतन्त्रता विषयक कार्यक्रममा कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको भन्दै राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।

उनले संविधानलाई १० वर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेका कारण अव कांग्रेस र एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राखे ।

समावेशी समानुपातीकलाई आघात नपुग्ने गरि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा दुईमत नरहेको उनको भनाइ छ ।

कोइरालाले अहिले दुई ठूला दल मिल्दा निरङ्कुशता जन्मने डर पनि रहेकाले सञ्चारमाध्यमले अग्रणी भूमिका खेल्नुपर्ने र गलत काम हुनबाट रोक्न खबरदारी गर्नुपर्ने बताए ।

उनले आफूहरू सत्तामा रहेपनि सरकारको गलत कामलाई गलत र सही कामलाई सही भन्ने स्पष्ट पारे । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ०२ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई