पूर्वमन्त्री प्रकाशशरण महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण | Khabarhub Khabarhub

पूर्वमन्त्री प्रकाशशरण महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गरेका छन् । भरतपुर महानगरपालिका–१७  गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गरेका हुन् । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका नेतासहित उनले सो क्षेत्रको निरीक्षण अनुगमन गरेका हुन् । अनुगमनका क्रममा स्थानीयले बाढी आएर पस्नुभन्दा पहिला नै सुरक्षित गराउन माग राखेका थिए । 

महानगरपालिका–१८ का स्थानीय जितबहादुर तामाङले यस क्षेत्रबाट बाढी पस्दा महानगरपालिकाको पश्चिम क्षेत्र डुबानमा पर्ने बताए। नदीमा तटबन्ध गर्न सके सुरक्षित बस्न पाइने भन्दै उनले मझुवा सामुदायिक वन क्षेत्रबाट जुनसुकै समयमा नदी पस्न सक्ने भन्दै ध्यानाकर्षण गराए। 

उनले भने, ‘नदी पस्नुभन्दा पहिले नै यसको तटबन्ध गरिनुपर्ने हुन्छ ।’

स्थानीयको कुरा सुनी सकेपछि नेता महतले जुन सुकै समयमा पनि नदी पस्न सक्ने भन्दै यसलाई रोक्न सक्दो पहल गर्ने बताए । निरीक्षणका क्रममा उनले मझुवा सामुदायिक वनबाट नदी बस्ती छिर्ने देखिएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै उनले आफ्नो तहबाट सक्दो पहल गर्ने आश्वासन दिए । 

उनले तत्काल के गर्न सकिन्छ सल्लाह गरेर अघि बढाइने बताए। यस बनबाट नदी पसेमा महानगरपालिका–१७, १८, २७, २८ लगायतका क्षेत्रमा डुबान हुने स्थानीयले गुनासो राखेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : १४ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति