सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन « Khabarhub

सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – यातायात व्यवस्था कार्यालय लहान, सिरहाले गत आर्थिक वर्ष २०८०-०८१ मा ५० करोड भन्दाबढी राजस्व संकलन गरिएको छ।

सरकारले साउन देखि चैत सम्म सवारी साधन करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैयाँ राजस्व संकलन गरिएको हो। 

सवारी करबाट ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैयाँ, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट ११ करोड १८ लाख ६८ हजार बिस रुपैयाँ तथा पटके दस्तुर र रुट परमिटबाट ७९ लाख ७८ हजार २२५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए । 

गत आर्थिक वर्ष २०७९-०८० मा ४५ करोड ३५ लाख ७४ हजार तीनसय ९४ रुपैयाँ राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व संकलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।

यस्तै आव २०८०-०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। 

संकलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नब्बे रुपैयाँप्रदेश सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैयाँ गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ३१ बजे

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला

काठमाडौं- बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा

कांग्रेसका नवनिर्वाचित सांसदहरूसँग संसदीय दलको अन्तरक्रिया

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका सदस्य र नवनिर्वाचित

सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो