सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई « Khabarhub

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


62.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका एक मात्रै व्यक्तिलाई उद्धारकर्मीले थोत्रे भएर फ्याँकिएको कन्टेनर भित्रबाट निकालेको खुलेको छ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले पाइलट शाक्यलाई जहाजको ककपिट भाँचिएपछि कन्टेनरमा खसेको अवस्थामा उद्धार गरिएको बताए।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको जहाज दुर्घटनामा त्यसमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको छ । दुर्घटनाका क्रममा जीवित एक मात्रै जहाजका पाइलट शाक्यको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

२० रनवेबाट ०२ रनवेतर्फ हुँदै उडेको जहाज केही बेरमै गोठाटारतर्फको खोंचमा खस्दै कन्टेनरमा बजारिएको थियो। त्यसक्रममा जहाजको अगाडिको भाग कन्टेनरमा अड्किएको थियो। जहाजको बाँकी भाग भने अझै तल झरेर बजारिएपछि आगो लागेको थियो ।

जोशीका अनुसार कन्टेनरभित्र अड्किएको अवस्थामा शाक्यलाई रगताम्य अवस्थामा निकालिएको हो । तर उनीसँगै कपिटमा रहेका अर्का को-पाइलट सुशान्त कटुवालले भने दुर्घटनामा ज्यान गुमाएका छन्।

जहाजले रनवे छाड्दै उत्तरतिर सोझिनेबित्तिकै पूर्वतिर बटारिएर बजारिन पुगेको थियो । दुर्घटनामा घाइते भएका शाक्यको निधारसहित शरीरमा गहिरो चोट लागेको छ । उनको अवस्था अहिले खतरामुक्त रहेको केएमसी प्रशासनले जनाएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट सुशान्त कटुवालले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : १० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।