भारतले लक्षद्वीपमा सैन्य विमानस्थल बनाउने « Khabarhub

भारतले लक्षद्वीपमा सैन्य विमानस्थल बनाउने


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले लक्षद्वीप टापुमा सैन्य विमानस्थल निर्माण गर्ने भएको छ । हिन्द महासागरमा चिनियाँ गतिविधि बढ्दै जाँदा सरकारले लक्षद्वीपमा नयाँ विमानस्थल निर्माण गर्न स्वीकृति प्रदान गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केन्द्र सरकारको उच्चस्तरीय बैठकले लक्षद्वीपमा सैन्य विमानस्थल निर्माण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

त्यसअघि सैन्य मामिला विभागले लक्षद्वीपमा रहेको मिनिकोइ टापुमा नयाँ विमानस्थल निर्माण गर्ने र अगाट्टी टापुमा रहेको विमानस्थल विस्तार गर्ने प्रस्ताव गरेको थियो ।

नागरिक जहाजले पनि उडान र अवतरण गर्न सक्नेगरी ती विमानस्थल बनाइने एएनआईले जनाएको छ ।

चिनियाँ नौसेनाले पाकिस्तानी नौसेनासँग मिलेर हिन्द महासागरमा आफ्ना गतिविधि बढाइरहेका बेला भारतले लक्षद्वीपमा विमानस्थल निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ९ : २८ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा