यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू) « Khabarhub

यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू)


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टिम स्वदेश फर्किएको छ ।

माल्दिभ्सको मालेमा यू-२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो ।

च्याम्पियनसिपको सेमिफाइनलमै रोकिएपछि तेश्रो स्थानका लागि नेपालले आयोजक माल्दिभ्ससँग खेलेको थियो । जसमा नेपाल ३–० को सोझो सेटमा विजयी हुन सफल भयो ।

नेपाल फर्किएपछि यू–२० महिला टोलीका कप्तान जेनिशा विश्वकर्माले प्रतिष्पर्धी टोली बलियो भएको बताइन्। उनले पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेकाले पनि सोचेजस्तो नतिजा दिन नसकेको बताइन् ।

च्याम्पियनसिपबाट धेरै अनुभव भएकाले आगामी दिनमा सुधार गरेर अघि बढ्ने उनले बताएकी छन् ।

नेपाली महिला भलिबलको इतिहासमा उमेर समूहको टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  २ : २० बजे

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित