अर्घा दरबार पुनःनिर्माण थालियो « Khabarhub

अर्घा दरबार पुनःनिर्माण थालियो


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालिएको छ । 

अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेको छ । 

पन्ध्रौँं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ । सराये नाचको प्रमुख उदगमस्थलको रुपमा अर्घाको दरबार र अर्घा भगवती मन्दिर रहेको छ । बाइसे चौबिसेराज्य अन्तर्गत पर्ने यस राज्यको दरबार पहिलेकै अवस्थामा रहने गरी पुरानै शैलीमा पुरातत्व विभागले निर्माण कार्य अघि बढाएको हो । 

पुरातत्व विभागको अन्वेषण र खोजीका आधारमा बाइसे चौविसे राज्य अन्तर्गत पर्ने राज्यकालको अवधिमा भएको डिजाइन र शैलीमानै पुरातत्व विभागद्वारा निर्माणकार्य सुरु भएको दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए । दरबार पहिला तीन तले रहेको अनुसन्धानबाट पत्ता लागेको छ । दरबार निर्माण सुरु भएपछि अर्घा भगवती मन्दिरमा पर्यटक बढी आउने अपेक्षा गरिएको मन्दिरका पुजारी किशोर आचार्य बताए। 

हाल मन्दिरमा भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ । सन्धिखर्क नगरपालिकाले अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखेको छ । मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकाल देखिनै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आएको बताइन्छ ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

 गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्यूठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारतर्फ आकर्षित गराउने उद्देश्यले मूर्ति स्थापना गरिएको उनले बताए । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ५ : ३८ बजे

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको