यस्तो छ ‘नम्बरी सुन’को ट्रेलर « Khabarhub

यस्तो छ ‘नम्बरी सुन’को ट्रेलर


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । फिल्ममा उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यसले निम्त्याउने घटना आधारित कथा रहेको ट्रेलरले प्रष्ट पार्छ ।

ट्रेलरमा अभिनेता सरोज खनाल गाउँको कडा स्वभावको मुखियाको भूमिका देखिएका छन् । नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको ट्रेलरले खुलाउँछ ।

राजु गिरी निर्देशन रहेको यस फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गीलगायतको अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको यस फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ८ : ३१ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि