मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक हुँदै | Khabarhub Khabarhub

मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक हुँदै


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति पारित गरेको छ । बिहान ८ बजेदेखि बसेको बैंक सञ्‍चालक समितिले मौद्रिक नीति पारित गरेको हो ।

सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले केही बेरमा सार्वजनिक गर्दैछन्‌ । बालुवाटारमा नवनिर्मित राष्ट्र बैंकको भवनमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति वाचन गर्नेछन्‌ ।

अघिल्लो साता नै मौद्रिक नीति जारी गर्ने तयारी रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगभर्नर एवम्‌ पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रमुख आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि एक साता पर धकेलिएको थियो ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले तत्काल पुँजी परिचालन हुन सक्ने क्षेत्र घरजग्गा, शेयर र सवारीसाधन खरिद सहज बनाउनेगरी पूर्वगभर्नर खतिवडालाई ‘उपयोग’ गर्न खोजेपछि गभर्नर अधिकारी तत्काल मौद्रिक नीति जारी गर्नबाट पछि हटेका थिए ।

यसअघि गभर्नर अधिकारीले लचक मौद्रिक नीति नआउने बताउने गरेका थिए । तर, सरकारले कसिलो नभई लचिलो मौद्रिक नीति ल्याएर सघाउन अधिकारीलाई आग्रह गरेका खबर सार्वजनिक भएका छन्‌ ।

गभर्नरका रूपमा अधिकारीले ल्याउन लागेको कार्यकालको यो अन्तिम मौद्रिक नीति हो । अनुकूलको मौद्रिक नीति ल्याइदिए अधिकारीलाई सेवानिवृत्त हुनासाथ महत्वपूर्ण मित्रराष्ट्रको राजदूत बनाइदिने आश्वासन सरकारले दिएको बताइन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : २९ बजे

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवेदनमा समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

लुम्बिनी– भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको

अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारत र अमेरिकाबीचको