भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना | Khabarhub Khabarhub

भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सामुदायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ ।

नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउँदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आय स्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।

सामुदायिक वनको विकाससँगै उपभोक्ता समितिलाई सक्रिय बनाउन कार्यालयले सामुदायिक वनमा नर्सरी स्थापनाको कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा दुई वटा सामुदायिक वनमा ४० हजार बिरुवा उत्पादनसँगै खाली जमिनमा रोप्न नर्सरी स्थापना गरेको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले जानकारी दिए । स्थापना गरिएका नर्सरीबाट सामुदायिक वन आफैँले रोपन तथा  निःशुल्क रूपमा वितरण गर्न सक्ने उनको भनाइ छ ।

‘सामुदायिक वनको विकाससँगै नाङ्गा पाखा तथा खाली स्थानमा वृक्ष रोपन गर्ने उद्देश्यले नर्सरी स्थापना गरिरहेका छौँ’, प्रमुख शाहले भने, ‘दुई वटा सामुदायिक वनमा ४० हजार बिरुवाको नर्सरी स्थापना गरिएको छ । खाली जमिनलाई हरियाली बनाउन यस्ता कार्यक्रमलाई आउँदा दिनमा पनि सञ्चालन गर्ने कार्यालयको लक्ष्य छ ।’

दिगो आम्दानीको स्रोत नहुँदा कतिपय सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सञ्चालन तथा विधिविधान निर्माणमा समस्या भइरहेको कार्यालयले जनाएको छ । उक्त समस्या समाधानका लागि सामुदायिक वनलाई उत्पादनसँग जोड्ने किसिमका कार्यक्रममा जोड दिँदै आय स्तरमा सुधार गर्न बिरुवा रोपन थालिएको प्रमुख शाहले बताए ।

सामुदायिक वनमा नर्सरी स्थापना कार्यक्रमअन्तर्गत हतुवागढी–२ को शिवालय सामुदायिक वन र टेम्केमैयुङ गाउँपालिका–३ को हर्कटे आमलाला सामुदायिक वनमा नर्सरी स्थापना गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले बताए ।

विभिन्न जातका ४० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यअनुसार कार्यालयको रु चार लाख बजेटमा यहाँ नर्सरी स्थापना गरिएको उनले जानकारी दिए ।

उत्पादन भएका बिरुवालाई खाली तथा नाङ्गा पाखामा रोपिने शिवालय सामुदायिक वनका अध्यक्ष यदुराज थापाले जानकारी दिए ।

फलफूल जातका बिरुवासँगै जडीबुटीजन्य बिरुवाको नर्सरी स्थापना गरिएकाले यसले वन क्षेत्रको विकाससँगै समितिको आम्दानी वृद्धि हुने अपेक्षा लिइएको उनले बताए ।

नर्सरीमा फलफूलजन्य टिमुर, जामुन, बडहर, रिठा, रुद्राक्ष चिउरी, टाकी, सल्लालगायत बिरुवा रहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  २ : २३ बजे

विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण र गृहमन्त्री

भारतीय दूतावासको आयोजनामा क्रिकेट प्रतियोगिता

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले २०८२ जेठ १७ गतेदेखि जेठ २५

मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

एजेन्सी– विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित

काठमाडौं– प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत