मार्भलका फिल्मबाट विदा लिँदैछन् स्पाइडर म्यान ? « Khabarhub

मार्भलका फिल्मबाट विदा लिँदैछन् स्पाइडर म्यान ?


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – मार्भल सिनेम्याटिक युनिभर्स सिरिजको फिल्ममा अन्य सुपर हिरोको जस्तै स्पाइडर म्यानको पनि विशेष भूमिका छ । तर, यतिबेला चर्चा चलिरहेको छ कि, अब स्पाइडर म्यानको मार्भलको फिल्ममा देखिने छैनन् ।

एक रिपोर्टका अनुसार फिल्मको मुनाफा शेयरिङको विषयमा कुरा नमिलेका कारण स्पाइडर म्यानलाई अलविदा भन्न सक्ने देखिएको छ ।

सूत्रका अनुसार अहिलेसम्म कमाइ शेयरिङको विषयमा कुरा मिलेको छैन । मार्भल क्यारेक्टरको राइटस् सोनी कम्पनीसँग सन् १९८५ देखि छ । सन् २०१५ मा सोनीले डिज्नी र मार्भलसँग पार्टनरशीपको घोषणा गर्‍यो । त्यसपछि मार्भल सिनेम्याटिक युनिभर्सका फिल्ममा स्पाइडर म्यानको क्यारेक्टर पनि देखिन थाल्यो ।

खबरका अनुसार डिज्नी चाहन्छ कि, सोनीले पनि ५० प्रतिशत शेयर गरोस् । तर सोनीलाई यो शर्त मञ्जुर छैन । सोनीले पुरानो शर्तमै आधारित रहेर काम गर्न चाहेको छ । यही विवादले मार्भलको सिनेम्याटिक विश्वबाट स्पाइडरम्यानलाई विदाइ गरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ३६ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट