फिल्म ‘अगस्त्य’पछि ‘कर्मा’ निर्देशन गर्दै सौरभ  « Khabarhub

फिल्म ‘अगस्त्य’पछि ‘कर्मा’ निर्देशन गर्दै सौरभ 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’ निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जलमा ‘थिम पोस्टर’ सार्वजनिक गर्दै उनले फिल्म निर्माणबारे जानकारी दिएका हुन् ।

सौरभका अनुसार तिहारपछि छायांकन सुरु हुनेछ । यो फिल्मको कथा उनैले लेखेका हुन् । उनका अनुसार कर्मा ‘एक्सन ड्रामा एडभेन्चर’जनराको कथा हो ।

उनी भन्छन्, ‘यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो पाटो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।’

सौरभका अनुसार अहिले कालाकार चयनको काम पूरा भएको छैन । चयन भइसकेका कालाकार निर्माण पक्षले केही समयपछि औपचारिकरुपमा सार्वजनिक गर्ने उनको भनाइ छ ।

गत वर्षको फागुनमा प्रदर्शन आएको  ‘अगस्त्य : च्याप्टर–१’ निर्देशनबाट सौरभले फिल्म क्षेत्रमा चर्चा पाएका छन् । यद्यपि उनी निर्देशित पहिलो फिल्म ’लभ डायरिज’ तीन वर्षअघि प्रदर्शनमा आएको थियो । यो उनको निर्देशन रहने तेस्रो फिल्म हो ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति बन्ने यस फिल्मको निर्माता वसन्त लम्साल हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : १० बजे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको