सहकारी छानबिन समितिले गृहसँग छलफल गर्ने « Khabarhub

सहकारी छानबिन समितिले गृहसँग छलफल गर्ने


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले आगामी बैठकमा गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलका बारेमा गृह मन्त्रालयसँग छलफल गर्न लागिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

शुक्रबारको बैठकमा समितिले तीन जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेको थियो । सो क्रममा उनीहरूले सहकारीमा देखिएको समस्या र समाधानका सुझाव दिएको समिति संयोजक थापाले बताए ।

संयोजक थापाले सहकारी ठगी प्रकरणका विषयमा कुनै जानकारी भए समितिमा अवगत गराउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ३५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले