चार दिनदेखि कालीगण्डकी करिडोर बन्द | Khabarhub Khabarhub

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

गलकोट– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ । 

पटकपटक अवरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ । सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो । 

वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। 

करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्रयाक नै बगेकाले सडक खुल्न समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेराबरेङ सडकसमेत चार दिनदेखि अवरुद्ध बनाएको छ ।

पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट बिच्छेद भएपछि यात्रुहरू पैदल हिँडेर आउ जाउँ गर्न बाध्य भएका छन् । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ३ : ०६ बजे

नक्कली नोटसहित एक जना पक्राउ

पर्सा- वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७

करेन्ट लागेर जलेश्वरमा एक जनाको मृत्यु

जलेश्वर– गौशालानगरपालिका– ३ पचाईन टोलमा करेन्ट लागेर एक जना किशोरीको

विपद् न्यूनीकरण समिति बैठक : सात प्रस्तावमाथि छलफल जारी 

काठमाडौं– गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,

अर्थ मन्त्रालयमा विष्णु पौडेलका तीन महिना, के के गरे ?

काठमाडौं– अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन