काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति कम्युनिष्ट नेताहरूमा देखिएको बताएका छन् ।
पुष्पलालको जन्मशताव्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले कम्युनिष्ट पार्टीका नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखिएको बताएका हुन् ।
उनले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठानेर उनीहरूले राजावादी, कांग्रेस सबैसँग सहकार्य गरेको धारणा राखे ।
उनले सच्चा कम्युनिष्ट भन्नेहरुले भने अहिले पनि दुःख पाइरहेको जिकिर गरे । यादवले एउटा वर्ग समुदायले हालिमुहाली गरेर सत्ता आउने भएपनि समाजवाद आउन नसक्ने धारणा राखे ।
उनले मूलभूत मुद्दालाई केन्द्रीत गरेर अघि बढ्ने नेतृत्वको अभाव, अवसरवादको चरम सीमाले गर्दा समाजवादको यात्रा कठिन देखिएको बताए।
प्रतिक्रिया