सिमलतालमा पहिरो : १५ दिन बितिसक्दा पनि बस र यात्रुको अवस्था अज्ञात | Khabarhub Khabarhub

सिमलतालमा पहिरो : १५ दिन बितिसक्दा पनि बस र यात्रुको अवस्था अज्ञात


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं १५ दिन बितिसक्दा पनि नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । 

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । 

६५ जना सवार उक्त बसका ३ जना जीवितै रहेका छन् भने ६३ जना यात्रु हराई रहेको थियो । हाल सम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ ।

उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन् । बस हराएको १५ दिन बितिसक्दा पनि बसको कुनै अत्तो पत्तो लागेको छैन । 

बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले सयुक्त रुपमा खोजी गरी रहेका छन् । भारत बाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन् ।

भारत बाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछी चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको बिपद् व्यवस्थापन तालीम शिक्षालयका एसपी जनक पुरीले बताए । 

उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन् । ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : २८ बजे

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धिः राष्ट्रपति पौडेल

दोहा- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन

कैलालीबाट दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक रु २८ लाखसहित

धादिङमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

धादिङ- धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा सवारी दुर्घटना हुँदा

झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस क्लब विजयी

झापा – शिवसताक्षी नगरपालिकास्थित दुधे रङ्गशालामा आजबाट सुरु भएको एलभिडी

देउसीभैलोबाट संकलित रकमले प्रहरीलाई मोटरसाइकल

कास्की – कास्की बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा