सिमलतालमा पहिरो : १५ दिन बितिसक्दा पनि बस र यात्रुको अवस्था अज्ञात « Khabarhub

सिमलतालमा पहिरो : १५ दिन बितिसक्दा पनि बस र यात्रुको अवस्था अज्ञात


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं १५ दिन बितिसक्दा पनि नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । 

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । 

६५ जना सवार उक्त बसका ३ जना जीवितै रहेका छन् भने ६३ जना यात्रु हराई रहेको थियो । हाल सम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ ।

उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन् । बस हराएको १५ दिन बितिसक्दा पनि बसको कुनै अत्तो पत्तो लागेको छैन । 

बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले सयुक्त रुपमा खोजी गरी रहेका छन् । भारत बाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन् ।

भारत बाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछी चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको बिपद् व्यवस्थापन तालीम शिक्षालयका एसपी जनक पुरीले बताए । 

उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन् । ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : २८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी