एकीकृत समाजवादीको निर्वाचन : ड्रमबाट मतपत्र झिकेर गन्न सुरु « Khabarhub

एकीकृत समाजवादीको निर्वाचन : ड्रमबाट मतपत्र झिकेर गन्न सुरु


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो र पदाधिकारी चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ ।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा मंगलबार अपराह्नसम्म मतपेटिका बनाइएको ड्रममा खसाइएको मत गन्न थालिएको हो । १७ पदाधिकारी र १०५ पोलिटब्यूरो चयन गर्न एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरेको झण्डै डेढ महिनापछि निर्वाचन गराएको हो ।

पार्टीका नेता राजेन्द्र पाण्डे यसअघि नै वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा अन्य पदमा सहमति जुट्न नसक्दा सो पार्टीका नेता/कार्यकर्ता मतदानमा गएका हुन्‌ । पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल भने यसअघि नै निर्विरोध भएका थिए । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए।

त्यसपछि आइतबारको केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । तर, अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको हो ।

१७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन भइरहेको छ ।

६ उपाध्यक्षका लागि १५ जना र ४ जना महासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ । अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राई भिडेका छन् । आन्तरिक चुनाव भए पनि थोरै पदका लागि धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा कडा देखिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : १९ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा