ग्लोबल टी–२० : भ्यानकुभरले बलिङ गर्दै, सन्दीप र दीपेन्द्र प्लेइङ ११ मा | Khabarhub Khabarhub

ग्लोबल टी–२० : भ्यानकुभरले बलिङ गर्दै, सन्दीप र दीपेन्द्र प्लेइङ ११ मा


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी–२० क्यानडा लिगमा भ्यानकुभर नाइट्सले बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराण्डर दिपेन्द्र सिंह ऐरी सम्मिलित भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि बंगला टाइगर्सले ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालका दुवै खेलाडी प्लेइङ ११ मा छन् । पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो ।

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो । टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो। रासिइ भान डार डुसेन ३१ र निकोलन किर्तन ४ रनमा अविजित रहेका थिए ।

सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए । ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो । रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए ।

यस्तै नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले आजै राति पौने २ बजे ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : ०१ बजे

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ।