ग्लोबल टी–२० : भ्यानकुभरले बलिङ गर्दै, सन्दीप र दीपेन्द्र प्लेइङ ११ मा « Khabarhub

ग्लोबल टी–२० : भ्यानकुभरले बलिङ गर्दै, सन्दीप र दीपेन्द्र प्लेइङ ११ मा


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी–२० क्यानडा लिगमा भ्यानकुभर नाइट्सले बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराण्डर दिपेन्द्र सिंह ऐरी सम्मिलित भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि बंगला टाइगर्सले ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालका दुवै खेलाडी प्लेइङ ११ मा छन् । पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो ।

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो । टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो। रासिइ भान डार डुसेन ३१ र निकोलन किर्तन ४ रनमा अविजित रहेका थिए ।

सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए । ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो । रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए ।

यस्तै नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले आजै राति पौने २ बजे ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : ०१ बजे

दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश

काठमाडौं– पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले पूर्वपति जीपी तिमल्सिनासँग

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं – आगामी चैत १९ देखि २३ सम्म हुन लागेको