अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपर अरुण जलविद्युत् आयोजना आदिवासी जनजाति सल्लाहकार परिषद्ले आयोजनाको काम शीघ्र अगाडि बढाउन विभिन्न तीनबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय च्यासलमा आज परिषद्का अध्यक्ष लादर भोटेलगायतको टोलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

सम्पूर्ण तयारी पूरा भई कार्यान्वयनको चरणमा प्रवेश गरेको आयोजना सङ्खुवासभा, भोटखोलावासीको भविष्यसँग जोडिएकाले आयोजनालाई शीघ्र निर्माणमा लैजान र स्थानीयवासीको माग अधिकतम सम्बोधन गर्न परिषद्ले सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोजनाको कार्यान्वयनका सन्दर्भमा अनेकन आशङ्का पैदा भएको भन्दै परिषद्ले तत्काल सार्थक प्रयास थाल्न आग्रह गर्नुका साथै आयोजनाको निर्माण नेपाल सरकारले नै गर्नु उपयुक्त हुने सुझावसमेत दिएको छ ।

प्रभावित समुदायको पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा क्षमता विकासमा ध्यान दिन र सहज कार्यान्वयनका लागि आफूहरूको उत्तिकै साथ एवं सहयोग रहने ज्ञापनपत्रमा उल्लेख गरिएको परिषद्का अध्यक्ष लादर भोटेले जानकारी दिए ।

कूल एक हजार ६३ मेगावाट क्षमताको सो आयोजनामा विश्व बैङ्कले लगानीको प्रतिबद्धता जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले स्थानीयवासीको माग सम्बोधन गर्दै आयोजनाको सहज कार्यान्वयनका लागि सरकारले सार्थक पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ०३ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक