त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली | Khabarhub Khabarhub

त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार २८ गते भरतपुर महानगरपालिका-२९ सिमलतालबाट पहिरोसँगै खसेका दुईवटा यात्रु बसको खोजीका लागि आएको भारतीय टोली रित्तो हात फर्किएको छ ।

घटनाको आठौं दिनमा साउन ५ गते आइपुगेको उच्च प्रविधियुक्त उक्त टोली ८ दिनको कोसिसमा पनि दुवै बस भेट्टाउन नसकेपछि आइतबार निराश हुँदै फर्किएको हो ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को यो टोलीले दुईवटा बससँगै बेपत्ता भएका कोही यात्रुसमेत फेला पार्न सकेन ।

दुर्घटनापछि त्रिशूलीमा डुबेका करिब ६५ जना यात्रुमध्ये २४ जनाको शव सिमलतालबाट ४० देखि ६० किलोमिटर दक्षिण नारायणी नदी र गण्डक ब्यारेज तथा बिहारको क्षेत्रमा भेटिएका हुन् ।

आठ दिन नेपालमा रहेर सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै दुवै बस खोजीमा जुटेको भारतीय टोलीले त्रिशूलीको धारिलो पानीसँग हार मान्दै फर्किएको हो ।

भारतीय टोली उच्च प्रविधियुक्त भए पनि त्रिशूलीमा आइरहेको निरन्तरको बाढीको उच्च करेन्टका कारण बस ठम्याउन असफल रह्यो ।

उल्टै शनिबार यो भारतीय टोलीले बसको खोजीमा प्रयोग गरिरहेको १९ केजी तौलको एउटा चुम्बक नै हरायो ।

भारतीय टोलीले ल्याएको उक्त चुम्बकलाई त्रिशूलीले शनिबार बगाएर बेपत्ता बनाएको हो। त्रिशूलीले बगाएको चुम्बक खोज्दै भारतीय टोली देवघाटसम्म पुगे पनि फेला पार्न सकेन ।

भारतीय टोलीको प्रयास असफल भएर फर्किएपछि अब सशस्त्र प्रहरी र नेपाली सेनासहितले फरक तरिकाले खोजीकार्यलाई निरन्तरता दिने भएका छन् । अब सरकारले खोजी पनि निरन्तर गर्दै मृतक र बेपत्ता व्यक्तिका परिवारलाई राहत पनि दिने भएको छ ।

कस्तो थियो टोली ?

त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीका लागि विशेष उपकरणसहित १२ जनाको भारतीय टोली रूपन्देहीको बेलहिया नाका हुँदै साउन ५ गते घटनास्थलमा आएको थियो ।

४ वटा गाडीसहित राष्ट्रिय विपद् प्रतिकार्य फोर्स (एनडीआरएफ) का विज्ञसहितको टोली नेपाल आएर खोजीमा जुटेको थियो ।

उक्त टोलीलाई गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा बोलाइएको थियो । घटनाको ८ दिनमा पनि बसहरू नभेटिएपछि खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो ।

टोलीले उद्वारका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने सञ्चार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानीभित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण ल्याएको थियो । तर उक्त टोलीले बसको अवस्था पत्ता लगाउन सकेन ।

सिमलताल दुर्घटनाको तीन साता पुग्न लाग्दा अहिलेसम्म विभिन्न ठाउँबाट २४ वटा शव भेटिएका छन् । ती सबै शव त्रिशूलीमा नभइ नारायणीमा भेटिएका हुन् । ३८ जनाको अवस्था अझै अज्ञात छ। भेटिएकामा तीन महिलासहित १९ जनाको मात्रै सनाखत भएको छ। साउन ४ यता शव भेटिएका छैनन् ।

त्रिशूलीमा खसेका दुई बस ६५ जना सवार थिए । जसमध्ये तीन जना बाँच्न सफल भए । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स बस गत असार २८ गते भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १२ : ४५ बजे

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

काठमाडौं – हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन

युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै

मस्को – युक्रेनसँग जारी द्वन्द्वबीच रुसले युक्रेनी भूभागलाई आफ्नो भागको