रेसुंगा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध | Khabarhub Khabarhub

रेसुंगा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्लाको रेसुंगा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए।

उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुंगा‐काठमाडौँकाठमाडौँ‐रेसुंगाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् ।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए । गुल्मीको रेसुंगा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ । 

सोही तालिकाअनुसार निगमले काठमाडौँबाट रेसुंगा लागि सात हजार पाँच सय र रेसुंगाबाट काठमाडौँका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । जिल्लामा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो ।

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ । पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । 

रेसुंगा विमानस्थलबाट काठमाडौँका लागि एक वर्षमा एक सय २५ उडान भइसकेका विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा पर्दछ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : २९ बजे

यी हुन् जेन-जी आन्दोलनमा ज्यान गुमाएर शहीदको सूचीमा परेका ४५ जना

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद

दोलखाको यलुङरी हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु, आठ बेपत्ता

दोलखा– गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका

मन्त्री कुलमानको स्पष्टीकरण- राजीनामा दिन लागेको कुरा गलत

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ

अष्ट्रेलियाका जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद