विकास र समृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री गुरुङ « Khabarhub

विकास र समृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री गुरुङ


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको उनको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरूप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताए ।

विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरूप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गरे । 

उनले सरकारमा अशोक राई, उपेन्द्र यादवलगायत नेतृत्वका पार्टीहरू पनि सामेल हुने जानकारी दिए । उनले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राखे। आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उनले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरि नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने उल्लेख गरे । 

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मालगायतले सञ्चारमाध्यम र पत्रकारहरूको अवस्थाका बारेमा जानकारी गराएका थिए । 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङले पनि आजै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सञ्चारमन्त्री गुरुङलाई सम्मान गरेको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ४२ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर