निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा « Khabarhub

निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका छ्न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयान दिन विशेष अदालतमा उपस्थित भएका हुन् ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासमा उनले बयान दिँदैछन् ।

बयान सकिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्ने आदेश अदालतले दिने छ ।

अर्यालमाथि निजी क्षेत्रको अन्त:शुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरकारले सरुवा गरेर राखेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ४८ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते