ग्लोबल टी-२० मा नेपाली कप्तानको टिम पराजित, कस्तो भयो रोहितको प्रदर्शन ? « Khabarhub

ग्लोबल टी-२० मा नेपाली कप्तानको टिम पराजित, कस्तो भयो रोहितको प्रदर्शन ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाको ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सहभागी टोरोन्टो नेसनल्स तेस्रो खेलमा पराजित भएको छ। सुरुका दुई खेलमा विजयी भएको टोरोन्टो तेस्रो खेलमा सर्रे ज्यागुअर्ससँग ८० रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको सर्रेले दिएको १६२ रनको लक्ष्य पछ्याएको टोरोन्टो १७.१ ओभरमा ८१ रन बनाउँदै अलआउट भएको हो। रोहितले २५ बलको सामना गर्दै मात्र १० रन जोडे। धेरै बलको सामना गरे पनि उनले रन जोड्न नसकेका हुन्।

टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक २१ रन जोडे। रासी भानले १५ रन जोड्दा निकोलस किर्टनले ११ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

तीन खेलबाट चार अंक बनाएको टोरोन्टो तालिकाको दोस्रो स्थामा झरेको छ। टोरोन्टोलाई पराजित गरेको सर्रे भने २ अंकसहित तेस्रो स्थानमा छ।

सोही प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी भ्यानकुभर नाइट्स भने तीन खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : १२ बजे

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा