कांग्रेस–एमालेलाई रविले भने- नयाँ पार्टीलाई तह लगाएर पुराना जोगिन सक्दैनन् « Khabarhub

कांग्रेस–एमालेलाई रविले भने- नयाँ पार्टीलाई तह लगाएर पुराना जोगिन सक्दैनन्


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताएका हुन् ।

संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुँदै गएको उनले बताए ।

लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसे पनि पछिल्लो समय सदनमा आफूमाका आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको बताए ।

भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस नचाहिएको पनि उनले बताए ।

कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझै पनि अनुसन्धान जारी रहेको, बाँसबारी छाला जुत्ता कारखानाको विषय पनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गरे।

आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन खोजेको समेत बताए ।

लामिछानेले केही समयअघि सहकारी–बन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे  ।

त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बाल मन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ५० बजे

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व