पतञ्जलि आयुर्वेदलाई चार करोड जरिवाना गर्ने अदालतको फैसला | Khabarhub Khabarhub

पतञ्जलि आयुर्वेदलाई चार करोड जरिवाना गर्ने अदालतको फैसला


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको मुम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ । अगस्त २०२३ मा दिइएको एक आदेशलाई अपहेलना गरेको ठहर गर्दै उच्च अदालतले उक्त जरिवाना तोकेको हो ।

यसअघि मंगलम अर्गेनिक्सले रिट दायर गर्दै कपुर उत्पादनमा पतञ्जलिले उसको ‘ट्रेडमार्क’ उल्लंघन गरेको आरोप लगाएको थियो। निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपुरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो।

अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकले दाबी गरेका थिए । उक्त आदेश पालना नभएको ठहर गर्दै अदालतले उक्त जरिवाना ताेकेकाे बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यो जरिवाना रकम तिर्न पतञ्जलिलाई अदालतले दुई साताको समय दिएको छ । फैसला पालना गर्ने भन्दै पतञ्जलिले जुलाई २ मा अदालतमा माफी समेत मागेको थियो ।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ३८ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर