भारतसँग नेपाली युवा टोली पराजित « Khabarhub

भारतसँग नेपाली युवा टोली पराजित


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली टोली भारतको युवा टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा नेपाल घरेलु टोलीलसँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो ।

साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले अ‍ेपेक्षा अनुरुप खेल्न नसक्दा फराकिलो हार व्यहोर्न पुग्यो । जसमा नेपाली टोलीविरुद्ध भारतीय टोलीले पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्दै ५–० को जीत हात पा¥यो ।

पाँचै संस्करणको साफ च्याम्पियनसिपमा नेपालविरुद्ध भारतको जितमा महेसन सिंह, सुभो पाउल, अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक–एक गोल गरे । खेलको पाँचौ मिनेटमा महेसनको गोलबाट अग्रता बनाएको थियो । २४ औं मिनेटमा सुभोले गोल गर्दै भारतको अग्रता २–० को बनाए । खेलको ४३ औं मिनेटमा अनिशले गोल गर्दै पहिलो हाफमा भारतलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भारतले थप दुई गोल ग¥यो। खेलको ४९ औं मिनेटमा टाईसनले गोल गर्दा भारत ४–० ले अघि रह्यो । त्यसपछि खेलको ५६ औं मिनेटमा सिद्धार्थले गोल गर्दै भारतलाई ५–० को जित दिलाए । नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ३३ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध