साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन « Khabarhub

साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।

नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई व्यक्तिगत मेसेजहरू स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ ।

नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई ‘बौद्धिक सुचना छनोट’ , ‘कस्टम किवर्ड छनोट’ जस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ । सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षा गर्न प्रमाण संकलनलगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।

चीनको साइबरस्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र  रेडियो र टेलिभिजन प्रशासनले संयुक्त रूपमा यो नियमावली जारी गरेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ११ बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर