नङ र कपाल काट्दा किन दुख्दैन ? « Khabarhub

नङ र कपाल काट्दा किन दुख्दैन ?


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हाम्रो शरीरको कुनै भागमा सानो चोट लाग्दा पनि दुखाइ महसुस गर्छौँ । कहिलेकाहीँ दुखाइ यति गहिरो हुन्छ कि दुखाइ निवारक औषधि खानुपर्छ। छाला काट्दा वा च्याप्दा दुख्नु स्वाभाविक हो तर हाम्रो आफ्नै शरीरको अङ्ग भए पनि कपाल र नङमा यस्तो हुँदैन ।

नङ र कपाल काट्दा कुनै पीडा हुँदैन। यसबाट मानिसहरू अचम्ममा पर्छन् तर यो साँच्चै अनौठो कुरा हो । नङ र कपाल काट्दा भने  कहिले पनि दुख्दैन ।

एक छिन सोचौँ त शरीरको अन्य भागमा चोट लाग्दा दुख्ने तर नङ र कपाल काट्दा किन नदुखेको होला । एकै छिन सोच्ने हो भने हामीलाई अनौठो महसुस हुन्छ ।

शरीरविज्ञानको दृष्टिकोणले नङ र कपालमृत कोशिकाबाट हुने भएकाले त्यसलाई काट्दा हामीलाई नदुखेको हो । कपाल पूरै मृत कोशिकाबाट बनेको हुन्छ भने नङ पुरै मृत कोशिकाबाट बनेको हुँदैन ।

नङ काट्दा ख्याल गर्नुभएको नै होला, बढेको नङ काट्दा मात्रै हामीलाई दुख्दैन । तर छालासँग टाँसिएको नङ भाँचियो वा चोट लाग्यो भने हामी पिडा महसुस गर्छौँ ।

यसको अर्थ औलाको टुप्पोमा छालासँग नटाँसिएको अर्थात् बढेको नङ मात्रै मृत कोशिकाबाट बनेको हुन्छ । जुन नङ काट्दा हामीलाई दुख्दैन । तर छालासँग जोडिएका नङ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।

एजेन्सि

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ०६ बजे

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं– नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व श्रमिक दिवसका दिन जारी