भारतको केरलामा पहिरोमा पुरिएर १२३ जनाको मृत्यु « Khabarhub

भारतको केरलामा पहिरोमा पुरिएर १२३ जनाको मृत्यु


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो सङ्ख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।

मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ । केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । यी स्थानहरूमा मुन्डक्काई, अट्टामालाकुनहोम जस्ता क्षेत्रहरू पनि समावेश छन्।

यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केरलाका केही अन्य क्षेत्रमा वर्षाको सन्दर्भमा सुन्तला र पहेंलो अलर्ट जारी गरिएको छ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

वायनाड केरलाको पहाडी क्षेत्र हो र यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन्। कोझिकोड एयरपोर्टबाट वायनाडको दूरी लगभग ८६ किलोमिटर छ। वायनाड कर्नाटकको कोडागुमैसूर जिल्लाहरूको उत्तरमा र तमिलनाडुको नीलगिरी जिल्लाहरूको उत्तर-पूर्वमा छ । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ५३ बजे

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का