अर्थमन्त्री भन्छन्- सरकारले नागरिकको विश्वासको जरामा पानी हाल्दैछ « Khabarhub

अर्थमन्त्री भन्छन्- सरकारले नागरिकको विश्वासको जरामा पानी हाल्दैछ


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले रोजगार र स्वरोजगार प्रवर्द्धनमा घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण भूमिका भएको बताएका छन्।

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले देशभित्रै रोजगारी सिर्जनाको लागि घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको उनले बताए ।

सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा केन्द्रित रहेको उनले प्रष्ट पारे । नागरिकको विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको उनले बताए ।

घरेलु तथा साना उद्योग देशमा अझै विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको पौडेलले बताए।

‘यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो, त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ’, उनले भने ।

घरेलु तथा साना उद्योग प्रवर्धनको लागि त्यससँग सम्बन्धित कानुन बनाउन र सुधार गर्न सरकार तयार रहेको उनले बताए । घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  २ : ५२ बजे

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,