पेरिस ओलम्पिक- नेपालका प्रिन्स दाहाल ब्याडमिन्टनका तीनै खेलमा पराजित | Khabarhub Khabarhub

पेरिस ओलम्पिक- नेपालका प्रिन्स दाहाल ब्याडमिन्टनका तीनै खेलमा पराजित


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन् ।

मेन्स सिंगल्सतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भए ।

पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०–२१ ले नतिजा सुम्पिन बाध्य भए ।

त्यसअघि प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २–० को सोझो सेटमा पराजित भएका थिए । दोस्रो खेलमा आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा हराएका थिए ।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए ।

पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्रै बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्ने छिन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ०० बजे

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति