इट्टा उत्पादन कम्पनी इको केयरको ब्रान्डएम्बेस्डर बने ‘राता मकै’  « Khabarhub

इट्टा उत्पादन कम्पनी इको केयरको ब्रान्डएम्बेस्डर बने ‘राता मकै’ 


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो ।

अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ ।

कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो । उनको दाबी छ, ‘हामीले उत्पादन गर्ने इट्टा काँचो तर पाकेको इट्टाभन्दा गुणस्तरीय छ ।’

वातावरण मैत्री तरिकाले इट्टा उत्पादन हुने र गुणस्तरबारे डेढ महिना अध्ययन गरेर मात्रै यसको ब्रान्ड एम्बेस्डर बनेको कलाकार केसीको भनाइ छ ।

उनी भन्छन्, ‘मैले विगतमा ३ वटा इट्टभट्टा सञ्चालन गरेको थिए । इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले नै मैले व्यवसाय छोडेँ । अहिले विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म इम्बेस्डर बन्न राजी भएँ ।’

थोरै जग्गा, कम लगानी र थोरै जनशक्तिमा विद्यामान इट्टाभट्टाले भन्दा बढी इट्टा उत्पादन गर्न सक्ने कम्पनीको दाबी छ । अन्य स्थानमा यस प्रविधिको प्रयोग गरी इट्टा उत्पादन गर्न चाहनेलाई इको केयरले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनी भन्छ, ‘परम्परागतशैलीमा इट्टा बनाउने उद्योगलाई हामीले विस्थापन गर्न खोजेको होइन । उहाँहरूका लागि सहज र सरल विधि परिचय मात्रै गराउन खोजेको हो । हाम्रो उद्देश्य नै कम वातावरण प्रदूषणमा गुणस्तरीय इट्टा उत्पादन गर्नु हो ।’

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : १९ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल