एभिसी सेन्ट्रल जोन भलिबलको इतिहासमै नेपाल पहिलो पटक समूह चरणबाटै बाहिरियो « Khabarhub

एभिसी सेन्ट्रल जोन भलिबलको इतिहासमै नेपाल पहिलो पटक समूह चरणबाटै बाहिरियो


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा माल्दिभ्ससँग पराजित भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भड हलमा भएको खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल एभिसी सेन्ट्रल जोन भलिबल  प्रतियोगिताको इतिहासमै समूह चरणबाट बाहिरिएको याे पहिलोपटक हो ।

समूह बि मा रहेको घरेलु टोलीले लगातार दुवै खेलमा हार व्यहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो पटक नेपालमा आयोजना भएको सैन्ट्रल जोन भलिबलमा घरेलु टोलीले फितलो प्रदर्शन गरेको छ ।

यसअघिका चारवटै प्रतियोगिताको सेमिफाइनल पुगेको नेपाल घरेलु कोर्टमा आयोजना भएको खेलमा समूह चरणबाटै बाहिरिएको हो । पछिल्लो २ महिनादेखि एभिसीकै तयारीमा रहेको नेपाली टोलीले अपेक्षा अनुरुप कोर्टमा प्रदर्शन गर्न असफल भयो ।

माल्दिभ्सविरुद्धको खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले गुमाएको थियो भने अन्तिम तथा तेस्रो सेटमा भने नेपालले निकै कमजोर प्रदर्शन गर्‍यो । जसमा घरेलु टोलीले दर्शकको साथ पाउँदापाउँदै पनि २५–१४ स्कोरले अन्तिम सेट सुम्पिन पुग्यो।

पछिल्लो भेटहरुमा माल्दिभ्सलाई पराजित गर्दै आएको नेपालले बुधबारको खेलमा उच्च मनोबलका साथ कार्टमा प्रवेश गरेको थियो । तर, नतिजा ठीक उल्टो आयो । नेपालले सोझो सेटमै पराजय भोग्नु पर्‍यो ।

योसँगै नेपाली टोलीले घरेलु मैदानमा भएको खेलमा एक सेट पनि जित्न सकेन । समूहको पहिलो खेलमा पनि नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । योसंगै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ४२ बजे

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं