केरलामा बाढीबाट मृत्यु हुनेको संख्या १७८ नाघ्यो « Khabarhub

केरलामा बाढीबाट मृत्यु हुनेको संख्या १७८ नाघ्यो


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।

त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ । प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । हाल ८८ राहत  शिविर बनाएर करिब ९ हजारलाई ति शिविरमा राखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ११ : ५० बजे

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण