कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी, एक हजारले अवसर पाउने « Khabarhub

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी, एक हजारले अवसर पाउने


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

विराटनगर- निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच उद्यमशीलता र रोजगारमुलक कार्यक्रमका लागि समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरे ।

समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ ।

यो समझदारीले सर्बसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ ।

समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मुख्यमन्त्री कार्किले अब प्रदेश नयाँ समझदारीकासाथ अघि बढ्दा बिकास र रोजगारीमा सहयोग पुग्ने बिश्वास जनाए ।

उक्त अवसरमा प्रमुख सचिव केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताए । उले आगामी दिनमा प्रदेशमा नयाँ नयाँ काम गर्न सहज हुने बताए ।

कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार,घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए ।

मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिए ।

उनले चाँडै नै रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने बताए । प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिएर अनलाइन रोजगारी यसै वर्ष दिने तयारी प्रदेश सरकारले गरेकोछ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १ : ५२ बजे

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ