आन्तरिक राजस्व कार्यालय भरतपुरबाट लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व | Khabarhub Khabarhub

आन्तरिक राजस्व कार्यालय भरतपुरबाट लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व संकलन भएको हो ।

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व संकलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व संकलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।

उनका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व संकलन भएको छ । आयकरका लागि विभागले दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो । 

कार्यालयले दुई अर्ब ६३ करोड १६ लाख राजस्व संकलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । विभागले दुई अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा एक अर्ब ९५ करोड २२ लाख सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व संकलन भएको छ । विभागले २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख संकलन गरेको हो । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । ६० करोड पाँच लाख लक्ष्य दिइएकोमा ४० करोड ३४ लाख राजस्व संकलन भएको भट्टराईले बताए। 

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा  लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।

 उनले भने, ‘लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि संकलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।’ बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ । देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ । 

उनले भने, ‘घर जग्गा कारोबार कम हुँदा पनि राजस्व संकलनमा कमी आएको हो ।’ कार्यालयमा गत आवमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १ : ५४ बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका