भारतको हिमाचलमा आएको भीषण बाढी पहिरोमा ५० जना बेपत्ता « Khabarhub

भारतको हिमाचलमा आएको भीषण बाढी पहिरोमा ५० जना बेपत्ता


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भीषण बाढी पहिरोमा ५० जना बेपत्ता भएका छन् ।

भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बादल फुटेपछि (क्लाउड ब्रस्ट) ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ। 

मध्यरातमा बर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको सङ्ख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ । 

अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ३० बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको