सरकारी कार्यालयको छड्केमा ११२ अनुपस्थित | Khabarhub Khabarhub

सरकारी कार्यालयको छड्केमा ११२ अनुपस्थित


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लास्थित सरकारी कार्यालयमा छड्के निरीक्षण गर्दा ११२ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सङ्घीय तथा प्रदेशस्तरका २१ सरकारी कार्यालयमा बिहान १० बजेदेखि ११ बजेसम्म छड्के निरीक्षण गर्दा उक्त सङ्ख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएको हो ।

निरीक्षणको क्रममा सम्बन्धित कार्यालयको २०७५ वैशाख १ देखि हालसम्मको हाजिरी अभिलेख निरीक्षण गर्दा कर्मचारीले लिएको बिदा, काज, सरुवा, बढुवालगायतका अभिलेख उल्लेख नगरेकाले देखिएकोले हाजिरी अभिलेख अद्यावधिक गर्न र जानकारीबिना अनुपस्थित हुने कर्मचारीलाई स्पष्टिकरण लिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

प्रजिअ पण्डितका अनुसार कर्मचारीले गर्नुपर्ने पोशाकको प्रयोग, परिचयपत्र, नागरिक बडापत्र, सेवाप्रवाह, पदपूर्ति, जनशक्ति व्यवस्थापन, कार्यालयको सरसफाइलगायत सुशासन ऐन तथा नियमावली बमोजिम गर्नुपर्ने विस्तृत अनुगमन तथा निरीक्षण निकट भविष्यमा पुनः सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ३५ बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा