वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री भण्डारी | Khabarhub Khabarhub

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री भण्डारी


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज यहाँ नेपालका बहुपक्षीय संस्थाका पूर्वअन्तर्राष्ट्रिय व्यवसायीको संस्था ‘फिप्मो’द्वारा आयोजित कार्यक्रममा उनले देशभित्रै पर्याप्त रोजगारको अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै यसका चुनौतीबारे चर्चा गरेका हुन् ।

अवैध बाटोबाट प्रतिबन्धित मुलुकमा पुगेका नेपाली महिला श्रमिक अलपत्र परिरहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भण्डारीले वैधानिक बाटो खोल्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्रालयको प्राथमिकतामा वैदेशिक रोजगार मात्र नभएको भन्दै वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र पुँजीलाई उत्पादनसँग जोड्न सरकार प्रयासरत रहेको उनको भनाइ थियो । मन्त्री भण्डारीले यसका लागि सहकार्य गर्ने सम्बन्धित सबै सङ्घसंस्थालाई एकद्वार प्रणालीबाट ल्याउनुपर्ने आवश्यकता पनि औल्याए ।

उनले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मन्त्रालयको पुनःसंरचना गर्ने तयारीबारे जानकारी दिँदै उनले आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताए ।

“यस मन्त्रालयअन्तर्गतको पुनःसंरचनामा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड छन् । यसले के इम्प्रेसन दिन्छ भने यस मन्त्रालयले खाली विदेश मात्र पठाउने काम गर्छ”, उनले भने, “पुनःसंरचनाअन्तर्गत हामीले आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसलाई मन्त्रिपरिषद्मा छिट्टै पठाउँदैछौँ ।”

मन्त्री भण्डारीले आप्रवासी कामदारले भोग्दै आएको समस्याको समाधानका लागि मन्त्रालय प्रयासरत रहेको बताए । उनले विश्वका विभिन्न मुलुकमा कागजपत्रको अभावमा अवैध रुपमा बस्न बाध्य नेपालीलाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“नेपाली नागरिक जुनसुकै देशमा अवैध रुपमा बस्नुपर्ने बाध्यता छ भने आवश्यक ‘डकुमेन्ट’लाई वैधानिक बनाउने काम नेपाल सरकारको हो”, मन्त्री भण्डारीले भने, “ती मुलुकहरुले उहाँहरुलाई काम दिएको हुन्छ । तर हामीले फाराम भरेन, काम गर्ने इजाजत पत्र लिएन लगायतका बहानामा अलपत्र पार्नु हुँदैन ।”

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १० : ०७ बजे

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा

झापा – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता

प्रयागराज – महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को

हुलाकी राजमार्ग छिट्टै सम्पन्न हुन्छ : मन्त्री दाहाल

नेपालगञ्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी

आजका समाचार : संसद्‍को हिउँदे अधिवेशन सुरु हुने, छविलाल जोशी धरौटीमा छुटे र अमेरिकासँग सहकार्य गर्न चीन तयार

माघ १८ गते संसद्‍को हिउँदे अधिवेशन बोलाउन सिफारिसप्रतिपक्षी दलहरूको विरोधको