पाकिस्तानको सिन्धमा महिला हिंसाका घटना बढे « Khabarhub

पाकिस्तानको सिन्धमा महिला हिंसाका घटना बढे


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा महिला हिंसाका घटनामा वृद्धि भएको छ । सन् २०२४ को पहिलो ६ महिनामा सिन्ध प्रान्तमा ८ सय ३७ वटा महिला हिंसाका घटना भएको पाकिस्तानको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

त्यहाँको हरी वेलफेयर एशोसिएसनले सिन्धी र ऊर्दू अखबारमा आएका समाचारलाई आधार बनाएर यो तथ्यांक सार्वजनिक गरेको हो । ८ सय ३७ घटनामध्ये १ सय ७४ घटना आत्महत्यासँग सम्बन्धित रहेको एक्सप्रेस ट्रिब्युनले जनाएको छ । त्यसबाहेक १ सय ४० वटा अपहरण, १ सय २५ वटा बलात्कार, १ सय १८ हत्याका घटना भएका छन् ।

त्यस्तै, ६८ वटा घरेलु हिंसाका घटना भएका छन् भने १३ वटा जबरजस्ती विवाहका घटना भएको जनाइएको छ । सिन्धका ३० मध्ये सबैभन्दा धेरै घटना खैरपुरमा भएको छ । जहाँ ७७ वटा महिला हिंसाका घटना भएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १० : ५१ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको