‘रावायण’ को टिजर सार्वजनिकपछि पूजाले भनिन्- रोएर फिल्म नचल्ने रहेछ « Khabarhub

‘रावायण’ को टिजर सार्वजनिकपछि पूजाले भनिन्- रोएर फिल्म नचल्ने रहेछ


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक भएको छ । काठमाडौंका शुक्रबार एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका शीर्ष नायक पल शाहको एक्सनलाई उच्च स्थान दिएको पाइन्छ । टिजर द्वन्द्वका दृश्यले भरिपूर्ण छ । पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

दर्शकले यस पटक फरक स्वादको सिनेमा दिन लागेको पलको भनाइ छ । आफूले निर्वाह गरेको चरित्रबारे पल भन्छन्, ‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु । मेरो लागि यो फिल्म चुनौतीपूर्ण थियो । जुन टिजरमा देख्न सकिन्छ ।’

खलनायकको भूमिकामा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाललाई देख्न सकिन्छ । टिजरमा नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् ।

प्रेमकथाका फिल्म निर्देशनको छवि बदल्न यस फिल्मले सहयोग गर्नेमा आफू आशावादी रहेको निर्देशक थापाले बताए । टिजर सार्वजनिकपछि उनले भने, ‘यो फिल्म मेरा लागि चुनौतीपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’

फिल्मकी नायिका तथा निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताइन् । ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ’, उनले भनिन् ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा रहेको छ । आगामी भदौ २१ लाई प्रदर्शन मिति तोकिएको छ ।

टिजर हेर्नुहोस् :

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : २४ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी