‘रावायण’ को टिजर सार्वजनिकपछि पूजाले भनिन्- रोएर फिल्म नचल्ने रहेछ « Khabarhub

‘रावायण’ को टिजर सार्वजनिकपछि पूजाले भनिन्- रोएर फिल्म नचल्ने रहेछ


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक भएको छ । काठमाडौंका शुक्रबार एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका शीर्ष नायक पल शाहको एक्सनलाई उच्च स्थान दिएको पाइन्छ । टिजर द्वन्द्वका दृश्यले भरिपूर्ण छ । पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

दर्शकले यस पटक फरक स्वादको सिनेमा दिन लागेको पलको भनाइ छ । आफूले निर्वाह गरेको चरित्रबारे पल भन्छन्, ‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु । मेरो लागि यो फिल्म चुनौतीपूर्ण थियो । जुन टिजरमा देख्न सकिन्छ ।’

खलनायकको भूमिकामा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाललाई देख्न सकिन्छ । टिजरमा नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् ।

प्रेमकथाका फिल्म निर्देशनको छवि बदल्न यस फिल्मले सहयोग गर्नेमा आफू आशावादी रहेको निर्देशक थापाले बताए । टिजर सार्वजनिकपछि उनले भने, ‘यो फिल्म मेरा लागि चुनौतीपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’

फिल्मकी नायिका तथा निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताइन् । ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ’, उनले भनिन् ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा रहेको छ । आगामी भदौ २१ लाई प्रदर्शन मिति तोकिएको छ ।

टिजर हेर्नुहोस् :

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : २४ बजे

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ साट्न सकिने 

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग

उम्मेदवार गाउँ गाउँमा : चुनावी प्रचार तीव्र

भेरीगङ्गा– फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी

चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका नेता

निषेधाज्ञा छल्दै प्रसाईंसहितका सयौँ राजावादी ज्ञानेन्द्रको स्वागतमा (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर