मानवअधिकार सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर विषय हो : प्रदेश प्रमुख भट्ट | Khabarhub Khabarhub

मानवअधिकार सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर विषय हो : प्रदेश प्रमुख भट्ट


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा उनले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको बताए ।

प्रदेश प्रमुख भट्टले मानव अधिकारको विषय सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै यसको पालनमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

‘मानव अधिकार सबैका लागि हो । आवाजविहीन र सीमान्तकृत समुदायका हकअधिकार स्थापित गर्न, मानव अधिकार प्रत्याभूत गर्न आयोगले महत्त्वपूर्ण भूमिका छ’, उनले भने, ‘मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । यस्ता घटना हुनै नदिनेतर्फ सबै सजग र जिम्मेवार हुनुपर्छ ।’

राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई भौतिक स्रोतसाधन र आवश्यक पर्ने बजेट विनियोजन प्रदेश सरकार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानव अधिकार आयोगसहित अन्य आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहने उनको भनाइ छ ।

प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरूको अधिकार हनन गर्न नहुनेमा जोड दिए । उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन कानुनी शासन आवश्यक पर्ने भन्दै यसका लागि सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्दै प्रदेशमा विद्यमान मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ४० बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्