मानवअधिकार सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर विषय हो : प्रदेश प्रमुख भट्ट « Khabarhub

मानवअधिकार सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर विषय हो : प्रदेश प्रमुख भट्ट


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा उनले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको बताए ।

प्रदेश प्रमुख भट्टले मानव अधिकारको विषय सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै यसको पालनमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

‘मानव अधिकार सबैका लागि हो । आवाजविहीन र सीमान्तकृत समुदायका हकअधिकार स्थापित गर्न, मानव अधिकार प्रत्याभूत गर्न आयोगले महत्त्वपूर्ण भूमिका छ’, उनले भने, ‘मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । यस्ता घटना हुनै नदिनेतर्फ सबै सजग र जिम्मेवार हुनुपर्छ ।’

राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई भौतिक स्रोतसाधन र आवश्यक पर्ने बजेट विनियोजन प्रदेश सरकार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानव अधिकार आयोगसहित अन्य आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहने उनको भनाइ छ ।

प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरूको अधिकार हनन गर्न नहुनेमा जोड दिए । उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन कानुनी शासन आवश्यक पर्ने भन्दै यसका लागि सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्दै प्रदेशमा विद्यमान मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ४० बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले