जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन « Khabarhub

जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको  मौसम विभागले जनाएको छ ।

गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको रेकर्ड तोड्दै यस वर्ष देशको तापक्रम औसतभन्दा २.१६ डिग्री सेल्सियसले बढेको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार राष्ट्रव्यापी रूपमा तथ्याङ्क उल्लेखनीय रूपमा उच्च भएको उल्लेख गर्दै भनेको छ, ‘सन् १८९८  मा तथ्याङ्क सुरु भएदेखि मापन भएको यो सबैभन्दा उच्च तापक्रम हो ।’

जापानभरिका १५३ मौसम अवलोकन समीक्षामध्ये ६२ ले जुलाईमा आफ्नो औसत तापक्रमको रेकर्ड तोडेको हो । प्रशान्त महासागरको उच्च चाप र दक्षिणबाट आएको न्यानो हावा तापक्रम वृद्धि गर्ने मुख्य कारक रहेको जेएमएले बताएको छ ।

विपद् व्यवस्थापन एजेन्सीका अनुसार अप्रिलदेखि जापानमा अत्यधिक तापक्रमका कारण आउने स्वास्थ्य समस्या (हिटस्ट्रोक) का कारण ५९ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले ‘अत्यन्त तातो’ ठानेको ३५ डिग्री तापक्रमको रेकर्डलाई ब्रेक गर्दै गत महिना  टोकियोको पश्चिम सिजुओका यस वर्ष ४० डिग्री सेल्सियस तापक्रम पुग्ने पहिलो जापानी क्षेत्र बनेको छ ।

यसैबीच, युरोपेली सङ्घको जलवायु अनुगमनले इतिहासमै पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा तातो दिनहरू जुलाईमा अनुभव भएको बताएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : २४ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय