एयर इण्डियाले बन्द गर्‍यो इजरायलका उडान | Khabarhub Khabarhub

एयर इण्डियाले बन्द गर्‍यो इजरायलका उडान


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ । इरानले हानियाको मृत्युको बदला लिन इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ । इजरायल उच्च सतर्कतामा छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले भारत र इजरायलको राजधानी तेल अवीवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ । एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै अगस्त ८ सम्म सेवा बन्द गर्ने घोषणा गरेको छ ।

एयर इन्डियाले भनेको छ, ‘पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अवीवमा प्रस्तावित उडान तत्काल प्रभावबाट रोक्ने निर्णय गरेका छौँ। तेल अभिभबाट आउने र यहाँबाट तेल अवीव जाने हवाई सेवाहरू हाल अगस्ट ८, २०२४ सम्म बन्द हुनेछन् । हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौँ ।’

बुधबार इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको थियो । हमासले यसका लागि इजरायललाई दोष दिएको छ । योसँगै इरानले पनि इजरायललाई आक्रमण गर्ने धम्की दिएको छ । यसको जवाफमा इजरायलले पनि इरानलाई कडा जवाफ दिने बताएको छ । इस्माइल हानियाको मृत्यु हुनुभन्दा एक दिन अघि, लेबनानको बेरुतमा इजरायली आक्रमणमा एक शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका थिए । जसमा हिजबुल्लाहले इजरायलले बदला लिने धम्की दिएको छ ।

हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण समेत सुरु गरेको छ । इजरायल–हमास युद्धका कारण पश्चिम एसियामा तनाव बढेको भए पनि अहिले पछिल्लो घटनाक्रमका कारण तनाव उत्कर्षमा पुगेको छ र अब इजरायल–हमास युद्ध पश्चिम एसियाभर फैलिन सक्ने आशंका गरिएको छ ।

अमेरिकाले इरानले इजरायलमा आक्रमण गरे इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्ने घोषणा गरेको छ । यही कारणले गर्दा एयर इन्डियाले सावधानीका रूपमा केही समयका लागि तेल अवीवका लागि उडान सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

न्युजकारखानाबाट

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : ५७ बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक