काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने बताएका छन् ।
सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो नलागेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।
उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टी र संसदीय दलबीच स्पष्ट समझदारी हुनुपर्नेमा जोड दिए ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विश्वसनीय धारणा र तयारीसहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा निर्णयमा पुग्ने उनको भनाइ थियो ।
उनले संसद्मा हुने सकारात्मक काममा प्रतिपक्षी दलहरूको सहयोग रहने पनि स्पष्ट पारे ।















प्रतिक्रिया