एकीकृत समाजवादीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित) « Khabarhub

एकीकृत समाजवादीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको टुंगो गरेको छ ।

आकांक्षीहरू अत्यधिक भएपछि विधानभन्दा बाहिरको व्यवस्थासहित केन्द्रीय कमिटी थपिएको हो । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको छ ।

तर समाजवादीले सबै आकांक्षीलाई सम्बोधन गर्न महाधिवेशन भएको एक महिनापछि ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी शुक्रबार टुंगो गरेको छ ।

आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

खतिवडाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि बैठक बसेर छिटै पदाधिकारी चयन गर्ने जानकारी दिएका छन् । असार १६ देखि ४ दिनसम्म काठमाडौंमा भएको महाधिवेशन केन्द्रीय नेतृत्व तय गर्न सकेको थिएन ।

केही पदाधिकारी मात्रै टुंगो गरेको महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो ।

अब ३४४ सदस्यीय केन्द्रीय कमिटीको टुंगो भएकाले बाँकी पदाधिकारी त्यसपछि टुंग्याउने तयारी छ । समाजवादीले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालको मात्रै नाम टुंग्याएको थियो ।

हेर्नुस् पूरा सूची

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ०७ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको